STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बेलिब्रिज सञ्चालनमा

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर २९, आइतबार

गाईघाट–दिक्तेल सडकअन्तर्गत सुनकोशी नदीमा बेलिब्रिज सञ्चालनमा आएको छ । छ महिनादेखि बन्द रहेको सो सडक खण्डमा यातायात सञ्चालन सुरुआत भएको छ । उदयपुरको गाईघाटबाट खोटाङको दिक्तेललाई सो सडक सञ्जालले जोड्छ । शनिबारदेखि गाईघाटबाट दिक्तेलसम्म डेढदर्जन ठूला र साना सवारीका साधन सञ्चालन हुन थालेको गाईघाट–दिक्तेल सडक कार्यालयका प्राविधिक राजेन्द्र जोशीले जानकारी दिनुभयोे । नौ वर्षअघिदेखि निर्माण शुरु भएको सुनकोशीको पक्की पुल अझै पनि निर्माण सम्पन्न हुन सकेको छैन । सुनकोशीमा पानीको बहाव बढ्नासाथ बेलिब्रिज खोलिने र हिउँदमा बेलिब्रिज जडानकार्य शुरु हुने गरेको छ ।
Categorized in राष्ट्रिय