STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बेलायतीलाई निःशुल्क भिसा दिने प्रस्ताव युरोपेली संसदद्वारा पारित

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २१, बिहिबार

संसदले बिहीबार बिना सम्झौता युरोपेली यूनियनबाट बेलायत बाहिरिए पनि बेलायती नागरिकलाई युरोपेली यूनियनका मुलुकहरुको भ्रमण गर्दा शुल्क नलिने कानुन पारित गरेको छ । नयाँ कानुन बमोजिम शेनजेन पासपोर्ट अपनाउने युरोपेली मुलुकहरुमा ९० दिनभन्दा कम समयावधिको भ्रमणमा गर्दा बेलायती नागरिकलाई भिसा आवश्यक पर्नेछैन । संसदमा उक्त विधेयकमाथि भएको मतदानमा ५०२ मत पक्ष र ८१ मत विपक्षमा परेको थियो । २९ जना सांसद भने अनुपस्थित रहेका थिए । ब्रेक्जीटको परिणाम जेसुकै आएपनि लाखौं बेलायती नागरिकलाई युरोपका विभिन्न मुलुकमा छुट्टी मनाउन सहज हुनेछ । तर यसको बदलामा बेलायतले पनि युरोपेली मुलुकका नागरिकलाई यस्तै सुविधा दिनु पर्नेछ । बेलायतले पनि युरोपेली मुलुकका नागरिकलाई यस्तै व्यवहार गर्ने जनाएको छ । युरोपेली संसदमा यस विधेयकमाथि छलफल हुँदा स्पेनी सांसदहरुले भने जिब्राल्टरको विषयमा जोडदार आवाज उठाएका थिए । जिब्राल्टरलाई बेलायतको उपनिवेश मान्न नहुने स्पेनी प्रतिनिधिहरुको तर्क थियो । स्पेनले जिब्राल्टरलाई आफ्नो भूभागका रुपमा ब्याख्या गर्ने गरेको छ । बेलायतले भने जिब्राल्टरलाई बेलायतको उपनिवेश मान्ने गरेको छ । यहाँका जनताले बेलायतसँगको आबद्धता नत्याग्ने बताइसकेको बेलायतको दाबी छ ।
Categorized in अन्तर्राष्ट्रिय