बूढानीलकण्ठ नगरपालिकाका सबइन्जिनियर ८० हजार रुपैयाँ घुससहित पक्राउ
Janjati Khabar – Janjati Khabar | २०८० मङ्सिर १४, बिहिबार
काठमाडौं- बूढानीलकण्ठ नगरपालिकाका सब इन्जिनियर टीकाराज राई ८० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
उनलाई बूढानीलकण्ठ नगरपालिका-७ बाटै पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
सब इन्जिनियर राईले घर निर्माण सम्पन्न प्रमाणपत्र दिनका लागि घुस लिएको पाइएको अख्तियारको भनाइ छ । घटनाको विषयमा अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
Categorized in अपराध-दुर्घटना