STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बुधबारदेखि क्रिकेट खेलाडी बन्द प्रशिक्षणमा

Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर ८, सोमबार

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमको बुधबारदेखि शुरु हुने बन्द प्रशिक्षणको तयारी पूरा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणका लागि २२ जना खेलाडीलाई बोलाएको छ ।

बन्द प्रशिक्षणमा सहभागि हुने सबै खेलाडी प्रशिक्षक तथा ग्राउण्ड स्टाफको मंगलबार पीसीआर परीक्षण गरिने छ । पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आउने खेलाडी तथा प्रशिक्षकहरुलाई राजधानीको एक होटेलमा राखिने छ भने ग्राउण्ड स्टाफलाई कीर्तिपुर मैदानमै राख्ने व्यवस्था गरिएको छ ।

ग्राउण्ड स्टाफलाई पहिलो चरणमा एक महिना घर जान दिइने छैन भने खेलाडीहरुलाई पनि होटलबाट मैदानसम्म आउनका लागि क्रिकेट संघ कै बस प्रयोग गरिने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का सदस्य दुर्गाराज पाठकले क्लोज क्याम्पको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए । खेलाडीहरुलाई राख्नका लागि होटेल पनि आइसोलेट गरिएको र त्यहाँ अन्य व्यक्तिलाई प्रवेश निषेध गरिएको उनले बताए ।

यस्तै, स्वास्थ्य मापदण्डका कुराहरुमा क्यान संवेदनशील रहेको बताउँदै अहिलेको अवस्थामा सम्पूर्ण कुराहरु मिलाउन चुनौती रहेको भएपनि खेलाडीहरु मैदान उत्रन उत्साहित रहेको बताए ।

Categorized in खेलकुद