STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बुद्ध शान्तपार्क अनलाइन भजन सिजन२ सम्पन्न, बरिष्ठ अभिनेता पवन जोशीका साथमा पूर्वराज्यमन्त्रीलाई सम्मान

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ श्रावण १७, आइतबार

दबू प्याखंको युगदेखि कलाकारितामा सकृय रहँदै आएका वरिष्ठ अभिनेता पवन जोशीका साथमा पूर्वराज्यमन्त्री रामबीर मानन्धरलाई बुद्ध शान्तपार्क अनलाइन सम्मान प्रदान गरिएको छ। बुद्ध शान्तपार्क अनलाइनको आयोजनमा भएको बुद्ध भजन प्रतियोगिता को फाइनल प्रतिस्पर्धाको साथमा प्रदान गरिएको विशेष सम्मान कार्यक्रममा नेपालका ख्यातिप्राप्त अभिनेता पवन जोशीका साथमा पूर्वराज्यमन्त्री रामबीर मानन्धर र कलाकार तथा व्यवसायी रामकृष्ण जुजुलाई सम्मान प्रदान गरिएको हो।

अभिनेता जोशीलाई पचास बर्ष लामो अभिनय, निर्देशन तथा गीत लेखनको यात्रामा दिएको अनवरत योगदानको कदरस्वरुप उक्त सम्मान प्रदान गरिएको आयोजक समितिले जनाएको छ। त्यस्तै, पूर्वराज्यमन्त्री रामबीर मानन्धरलाई शहरी विकास राज्यमन्त्रीमा वहालवाला हुंदाको समयमा नन्स्टप गीत गाएर विश्व कीर्तिमान कायम गरेवापत सम्मान प्रदान गरिएको हो।



साथमा लामो समयदेखि कलाकारितामा क्रियाशील कलाकार रामकृष्ण जुजुलाई पनि सम्मान प्रदान गरिएको थियो। त्यसको अलावा अग्रज गीतकार आनन्दरत्न बज्राचार्य लगायतलाई मायाको चिनोरुपी सम्मान पनि प्रदान गरिएको थियो। सो भजन प्रतियोगिता को फाइनल चरणमा सिद्दार्थ बज्राचार्य प्रथम , अमोघरत्न शाक्य दोश्रो भए । तेस्रो स्थानमा मोहनदेवी महर्जन र सबिन श्रेष्ठ रहेका थिए । सो बुद्ध भजन प्रतियोगिता को लागि संगीतज्ञ अमरराज शर्मा राजोपाध्याय , लवनी चक्रवर्ति प्रसाइ,    रमना श्रेष्ठ , रिता महर्जन र पवन जोशी निर्णायकका रुपमा रहेका थिए ।

पूर्व मन्त्री रामबीर मानन्धर प्रमुख अतिथी रहनु भएको सो कार्यक्रममा   भन्ते धर्ममुर्ति महास्थबीर , सदाचारी गुरुमां विशेष अतिथी तथा नेपालभाषाका प्रथम चलचित्र पत्रकार विजयरत्न तुलाधर लगायत अतिथी रहेको कार्यक्रम आयोजक बुद्ध शान्तपार्क अनलाइनका शान्त बहादुर शाक्यको सभापतित्वमा भएको थियो। कार्यक्रम संचालन  संचारकर्मी विराजकाजी राजोपाध्यायवाट भएको थियो।

Categorized in साहित्य-कला