STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बुंगःद्यःलाई बुंगमतिमा बिराजमान गराइयो (तस्बिरसहित)

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २९, सोमबार

काठमाडौं – बुंगःद्यः (रातो मछिन्द्रनाथ)लाई बुंगमतिमा बिराजमान गराएसँगै बुंगःद्यःको जात्रा सम्पन्न भएको छ । कोरोना भाइरसको जोखिम र नियन्त्रणको लागि लगाइएको लकडाउन र निषेधाज्ञाका कारण यस वर्ष परम्परागत विधिअनुरुप क्षमापूजा गरी पुल्चोकको मन्दल सत्तलसम्म मात्र रथयात्रा गरिएको थियो । आज त्यही स्थानबाट बुंगःद्यःलाई रथबाट निकाली खटमा राखेर बुंगमति लगिएको थियो । साँझ ४ः३० बजे बुंगःद्यःलाई बुंगमतिमा बिराजमान गराइएको थियो । गत भदौ १८ गते रथयात्राको अवसरमा झडप भएपछि सांकेतिक रथयात्रा गराएर आज बुंगमति लगिएको थियो । यस वर्ष नरिवल खसाउने तथा भोटो देखाउने जात्रा स्थगित गरिएको थियो । [caption id="attachment_38399" align="alignnone" width="900"] पुल्चोकस्थित बु‌ंगःद्यः (रातो मत्स्येन्द्रनाथ)लाई विधिपूर्वक पूजा गरी सोमबार अपराह्न रथबाट निकाल्दै गुठीयार । रथबाट निकालेर सानो खटमा राखेर आजै करुणामयलाई बुङमती लगिएको छ । तस्बिर : रासस[/caption] [caption id="attachment_38398" align="alignnone" width="900"] पुल्चोकस्थित रातो मत्स्येन्द्रनाथलाई विधिवत् रुपमा पूजाआजा गरी बुङ्मती लगिसकेपछि सँगै रहेको मीननाथको रथलाई देवताघरसम्म लगिँदै गुठीयार एवं स्थानीय बासिन्दा । तस्बिर रासस[/caption] [caption id="attachment_38397" align="alignnone" width="900"] बुंगःद्यःलाई विधिपूर्वक पूजाआजा गरी सोमबार बुङमति लानेक्रममा सहभागी हुँदै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलगायत । तस्बिर रासस[/caption] [caption id="attachment_38395" align="alignnone" width="900"] बुंगःद्यःलाई विधिपूर्वक पूजाआजा गरी सोमबार बुङमती लानेक्रममा बाजा बजाउँदै गुठीयार । तस्बिर रासस[/caption]
Categorized in उपत्यका