STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बीपी राजमार्गमा लेदोमा पुरिए गाडी

Janjati Khabar – Janjati Khabar | २०८० जेठ १, सोमबार

काठमाडौँ - आइतवार रातिको वर्षाका कारण खहरे खोलामा लेदोसहितको बाढी आउँदा बीपी राजमार्ग गाडी पुरिएका छन् ।

काभ्रेको रोशीस्थित बीपी राजमार्ग खण्डमा ४ वटा गाडी पुरिएका हुन् । रोशी गाउँपालिकाको कालढुंगा र चिउरीबाजी बिचको खहरेखोलामा बाढी आएकाले गाडी पुरिनुका साथै राजमार्ग अवरुद्ध भएको थियो ।

अवरुद्ध राजमार्ग भने अहिले सञ्चालनमा आएको छ । पुरिएका गाडीहरु पनि डोजरको सहायतले आज सोमवार बिहानैदेखि निकालिएको छ । गाडीभित्रका यात्रु र चालक बाढी आउँदा बाहिर निस्किन सफल भएकाले मानवीय क्षति भने हुन पाएन ।

Categorized in अपराध-दुर्घटना