STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बिमितलाई औषधि पाउनै मुस्किल

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन ८, बुधबार

आठबिसकोट नगरपालिका–९ रुकुमपश्चिमकी ममता पुनले छोरी बिरामी भएपछि आठविसकोट राडीस्थित नगर अस्पतालमा उपचारका लागि लैजानुभयो । उहाँले त्यहाँ लगे पनि छोरी रेनुका पुनको उपचारमा सहज भएन । स्वास्थ्य बीमा गरेकी ममताका परिवारले नगर अस्पतालमा उपचार गर्न पुगे पनि औषधि भने निजी औषधि पसलबाट खरीद गर्न बाध्य भएको बताउनुभयो । बिमित भएका स्थानीय उपचारमा आए पनि सहजरूपमा औषधि नपाउँदा व्यक्तिगत रकम खर्च गरेर पसलबाट औषधि खरीद गर्न बाध्य भएको बताउँदै आएका छन् । त्यस्तै नलगाड नगरपालिका–७ रामबहादुर गिरीले नेपालगञ्ज मेडिकल कलेजमा उपचारका लागि गएको तर बिमित भएको रकमबाट उपचार गर्न नपाउँदा आक्रोश पोख्नुभयो । भेरी नगरपालिका–१ रिम्नाका हरिमान पुनले भन्नुभयो, “बीमा गरेका छौँ, यसैबाट काट्नुभन्दा यो रकम कहिले आउँछ, हामीलाई घाटा लाग्छ भन्दै औषधि नै दिन नमान्दा हैरान हुँदै आएको छु ।” बिमितहरु उपचारमा जाँदा व्यक्तिगत रकमबाट उपचार गरेर आउन बाध्य भएका रुकुमपश्चिम आठविसकोट नगरपालिका–६ का कालीबहादुर विकले बताउनुभयो । जाजरकोट जिल्ला अस्पतालको फार्मेसी शाखाले बिमितले औषधि दिनका लागि दररेट नमिल्दा समस्या भएको बताएको छ । बीमाले तोकेको दर एक र फार्मेसीको दर नमिल्दा समस्या भएको फार्मेसी शाखामा कार्यरत लालबहादुर खत्रीले बताउनुभयो । सदरमुकामदेखि बाहिर उपचारका लागि जाने बिरामी बीमाको रकमबाट उपचार गर्न नपाउँदा दुःख पाएको गुनासो गर्दै आएका छन् । आठविसकोटस्थित नगर अस्पतालको विभेदका विषयमा नगरप्रमुख गोरखबहादुर केसीसँग गुनासो गर्दा पनि सुनुवाइ नभएको आठविसकोट नगरपालिका–९ रुकुमपश्चिमकी ममताले बताउनुभयो । बीमाको रकम महीनौँ पछि आउने भएकाले हामीलाई घाटा लाग्ने भन्दै कोहलपुर मेडिकल कलेजमा उपचार गर्न आनाकानी गरेको बिरामीले बताएका छन् ।
Categorized in उपत्यका