STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बिआरआईमा युरोपको सामूहिक सम्झौता सम्भव – जर्मन मन्त्री

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १३, शुक्रबार

जर्मनीका अर्थमन्त्री पिटर अल्टमायरले युरोपेली युनियनका प्रमुख मुलुकहरुले चीनको अगुवाईमा रहेको बेल्ट एन्ड रोड अभियान ९बिआरआई० मा व्यक्तिगत नभई सामूहिक समझदारीमा हस्ताक्षर हुन सक्ने बताउनुभएको छ । युरोपेली अधिकांश मुलुकले बिआरआईमा सहभागी हुने इच्छा देखाइसकेका छन् । यो अभियानले एसियालाई युरोपसँग सडक र रेलमार्गले जोड्नेछ । चिनियाँ राष्ट्रपति सी चिनफिङको महत्वाकाँक्षी योजनाका रुपमा रहेको बिआरआईमा चीन बढी हाबी भएको भन्दै पश्चिमा राष्ट्रले आशंका व्यक्त गरिरहेका छन् । फ्रान्स र जर्मनीले भने विदेशी फर्महरुलाई प्रतिस्पर्धी वातावरण तयार गर्न चीन अग्रसर हुनुपर्ने शर्त अघि सारिरहेका छन् । युरोपेली कतिपय मुलुकहरुले इटालीलाई बिआरआईमा सम्झौता गर्नुअघि सोच विचार गर्न आग्रह गरे पनि इटालीले गत मार्चमा चीनको यस बिआरआईमा सहभागी हुने सम्झौता गरिसकेको छ । मन्त्री अल्टमायरले जर्मनी, फ्रान्स, स्पेन र बेलायतले बेइजिङमा आयोजित बिआरआई सम्मेलनमा सहभागिता जनाएको बताउनुभयो । उहाँले बिआरआईमा सहभागी हुँदा युरोपका ठूला मुलुकहरुले सामूहिक रुपमा मात्र गर्न सक्ने स्पष्ट गर्नुभयो । मन्त्री अल्टमायरले चिनियाँ राष्ट्रपतिको भनाईबाट आफूहरु निकै उत्साहित रहेको बताउनुभयो । बिआरआईले स्वतन्त्र व्यापार, बहुपक्षीयता र दिगोपन सहितको विकासलाई जोड दिएको छ । अल्टमायरले भन्नुभयो – चीन एउटा साझेदार र प्रतिस्पर्धी मुलुक पनि हो, त्यसैले युरोपेली मुलुकहरुले आफ्ना सरोकारका विषयलाई परिभाषित गर्नु आवश्यक छ ।
Categorized in अन्तर्राष्ट्रिय