STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बाह्रवर्ष पछि ब्राजिललाई कोपा अमेरिका फुटबलको उपाधि

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २३, सोमबार

आयोजक बाज्रिल टिमले बाह्र वर्ष पछि कोपा अमेरिका फुटवलको उपाधि जितेका छन् । आइतवार राती भएको माराकाना रंगशालामा भएको हो । पेरुलाई ३..१को अन्तरले पराजित गरेर बाज्रिलले जितेको छ । ब्राजिल बाट १५औं मिनेटमा सोरेस ले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए भने खेलको ४४औं मिनेटमा पेरुले पेनाल्टी पाए लगतै पेरुका पाउलो गुइरोले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । खेलको पहिलो हाफको अतिरिक्त समयमै जिससको गोल सगैं अग्रता पाएका थिए । खेलमा जिससले दोहोरो पहेलो कार्ड पाएपछि १० खेलाडीमै सिमित हुन पुग्यो । खेलको ९० औं मिनेटमा पेनाल्टी पाएका थिए रिचार्लिसनले पेनाल्टी राम्रो उपयोग गर्दै गोल गरेर ब्राजिलाई ३...१ अन्तरमा जित बनाएका थिए
Categorized in खेलकुद