STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बालिका हत्या प्रकरण : प्रहरीको गोली लागेका युवकको मृत्यु

Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर १०, बुधबार

काठमाडाैँ – बर्दिबासमा मंगलबार ६ वर्षीया बालिका गुलाब साह खातुनको बलात्कारपछि हत्या भएको भन्दै गरिएको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु भएको छ ।

गोली लागेर गम्भीर घाइते भएका बर्दिबास- १ का ४३ वर्षीय बुद्धिराज न्यौपाने (सञ्जय)को उपचारको क्रममा गए राति ग्राण्डि अस्पताल काठमाडौंमा मृत्यु भएको हाे । मंगलबार राति १ बजे न्यौपानेको ज्यान गएको बर्दिवासका बासिन्दा बिस्नु बम्जनले जानकारी दिए ।

हत्या गरी बोरामा कोचेर फालिएको अवस्थामा स्थानीय गुलबसा खातुनको शव मंगलबार बिहान बर्दिबास–१४ स्थित उनको घरनजिकै फेला परेको थियो । बालिका दुई दिनदेखि बेपत्ता थिइन् । उनको बलात्कारपछि हत्या भएको भन्दै आफन्त तथा स्थानीय बासिन्दा दोषीलाई कारबाही गर्नुपर्ने मागसहित शव सडकमा राखेर प्रदर्शनमा उत्रिएका थिए । भिड नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो ।

उनको न्यायको माग गर्दै स्थानिय र परिवारले मंगलबार बिहानैदेखि बालिकाको शव सडकमा राखेर प्रदर्शन गरेका थिए । गोली लागेर गम्भीर घाइते भएका न्यौपाने र बर्दिबास–५ का श्याम कार्कीलाई उपचारका लागि मंगलबार दिउँसो ३ बजे हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।

बालिकाको हत्या गरेकाे आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरिसकेको छ ।

Categorized in अपराध-दुर्घटना