STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बालविवाह विरुद्ध कचहरी

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण ३२, शनिबार

बाँकेका ग्रामीण बस्तीमा बालविवाह र महिला हिंसा न्यूनीकरणका लागि कचहरी नाटकद्वारा अभियान सञ्चालन गरिएको छ । पछिल्लो समयमा बालविवाह र महिला हिंसा तथा मानव बेचविखनका घटना बढ्दै गएपछि स्थानीयस्तरमा कचहरी नाटकले प्रभावकारी भूमिका खेलेको पाइएको छ । अभियानकर्मी कृष्ण गिरीका अनुसार महिला र बालबालिका हिंसा अन्त्यका लागि कचहरी नाटक ‘अति भो’ विभिन्न स्थानमा प्रदर्शन गरिँदै आएको छ । राप्ति सोनारी र डुडुवा गाउँपालिकाका १८ स्थानमा कचहरी नाटक प्रदर्शन भइसकेको छ । “सात वडाका ३० ठाउँमा नाटक प्रदर्शन गर्ने योजना छ”, कार्यक्रम संयोजक रामकुमारी चौधरीले भन्नुभयो । नाटकले स्थानीय तहमा प्रभावकारी भूमिका खेलेको डुडुवा गाउँपालिका–५ का वडाध्यक्ष परशुराम बुढाथोकीले बताउनुभयो । महिला र बालबालिका हिंसा न्यूनीकरण गर्न मद्दत पुगेको उहाँको भनाइ छ । जिल्लामा तीन वर्षदेखि कचहरी नाटक प्रदर्शन गरिँदै आएको छ । “नाटक प्रदर्शनपछि बालविवाहमा कमी आएको छ”, अभियानकर्मी गिरीले भन्नुभयो । बाँकेका किशोरी क्लबले बालविवाह विरुद्ध संवेदनशिल हुन स्थानीय तहसँग अनुरोध गरेका छन् । बालविवाह गर्नेलाई कानूनी कारवाहीको दायरामा ल्याउनुपर्ने उनीहरुको माग छ । किशोरी क्लबले सबै स्थानीय तहमा ज्ञापनपत्रसमेत बुझाएको खजुरा गाउँपालिकास्तरीय किशोरी क्लबका अध्यक्ष दीक्षा न्यौपानेले बताउनुभयो ।
Categorized in सिनेमा