STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बालकुमारी घटनामा दुई युवाको मृत्यु

Janjati Khabar – Janjati Khabar | २०८० पौष १३, शुक्रबार

काठमाडौं- बालकुमारी घटनामा घाइते भएका अर्का युवाको पनि मृत्यु भएको छ ।

कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएको आक्रोशमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएका अर्का युवा वीरेन्द्र शाहको मृत्यु भएको हो । उनको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो ।

यसअघि अर्का युवा सुजन रावतको पनि किष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । 

प्रहरीका प्रवक्ता कुवेर कडायतले आन्दोलनको क्रममा उनीहरु घाइते  भएको र उपचारका क्रममा मृत्यु भएको बताए । प्रदर्शनमा उत्रिएका युवाहरूले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजनी गरेका थिए ।

प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर आगजनी समेत गरेका थिए । 

सो घटनामा ५० जना भन्दा बढी पक्राउ परेका छन् । 

Categorized in राजनीति