STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बाङ्गेमूढा बस्ने दुई विद्यार्थीकाे शव दक्षिणकालीमा

Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र ६, शुक्रबार

काठमाडौंको दक्षिणकाली नगरपालिकाको खहरेमा दुई जना पुरुषको शव भेटिएको छ ।

फेला परेको शव विद्यार्थीको भएको पुष्टि भएको छ । मृतकका आफन्तमार्फत प्रहरीले शवको पहिचान खुलाएको हो ।

यसबारे खबर पाएपछि जिल्ला प्रहरी परिसर, काठमाडौंबाट प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेत नेतृत्वको टोली त्यसतर्फ गएको छ ।

उनका अनुसार दुवैको मुखबाट फिँज निस्किएको पाइएको छ ।

नुवाकोट घर भएका अर्जुन खड्का र काभ्रे घर भएका मंगल तामाङको शव पहिचान भएको महानगरीय प्रहरीले जनाएकाे छ ।  नुवाकोट छापा घर भएका १६ वर्षीय खड्का असनस्थित टेउडा स्कुलमा कक्षा १० मा पढ्थे । काभ्रेको भुम्लु सल्ले गाउँपालिका घर भएका १८ वर्षीय मंगलचाहिँ क्षेत्रपाटीस्थित जिपी स्कुलमा कक्षा १० मा अध्ययनरत थिए ।

‘दुवैजना बाङ्गेमूढामा बस्थे’ एसपी बस्नेतले भने–‘उनीहरु साथी हुन्, मृत्युको कारणबारे अनुसन्धान गरिरहेका छौं ।’  महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंह कमाण्डको टिम घटनास्थलमा पुगेर शवको मुचुल्का गरेका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका फरेन्सिक डाक्टरले शवको अवस्था अवलोकन गरेका छन् ।

शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाको टिमले घटनाबारे अनुसन्धान गरिरहेका छन् ।

Categorized in अपराध-दुर्घटना