STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बागमती प्रदेशमा आज थप चारजना मन्त्री नियुक्त हुँदै

Janjati Khabar – Janjati Khabar | २०८० चैत्र २१, बुधबार

हेटौंडा - बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज थप चार जना मन्त्री नियुक्त गर्दैछन् । मन्त्रीहरूलाई आजै दिउँसो ३ बजे शपथ खुवाउने तयारी गरिएको छ ।

चारैजना मन्त्री एमालेबाट नियुक्त हुन लागेका हुन् । २५ पुसमा गठित सरकारमा पठाएका तीन जना मन्त्रीलाई पुनः जिम्मेवारी दिन लागेको एमाले स्रोतको भनाइ छ । थप एक जना पहिलोपटक मन्त्री बन्दैछन् ।

मुख्यमन्त्री जम्कट्टेलले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोख्रेल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एकालाल श्रेष्ठ र स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठलाई मन्त्री नियुक्त गर्ने तयारी गरको मुख्यमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।

नेपाली कांग्रेसले छोडेका ६ वटा मन्त्रालयमध्ये एमालेले ५ वटा मन्त्रालयको नेतृत्व लिन लागेको हो । यसअघि १७ चैतमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भएका थिए ।

कांग्रेसले छोडेको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयमा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य नियुक्त भइसकेका छन् । प्रदेश सभाको अघिल्लो कार्यकालमा पनि सांसद रहेका प्रकाश पहिलोपटक मन्त्री हुँदैछन् ।

रामेश्वर श्रेष्ठ यसअघि पनि स्वास्थ्य मन्त्रालय थिए । पोख्रेल कृषि तथा पशुपन्छी विकासमन्त्री र एकालाल श्रम, रोजगार तथा यातायातमन्त्री थिए । एमाले दुई महिना सरकारमा बसेर १० चैत ०७९ मा बाहिरिएको थियो ।

Categorized in राजनीति