STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बागमती प्रदेशका मन्त्रीले आफन्त र नातागोतालाई जागिर दिन नपाइने

Janjati Khabar – Janjati Khabar | २०७८ भाद्र २६, शनिबार

बागमती प्रदेश सरकारले सुशासन र पारदर्शीताका लागि प्रदेश सरकारका मन्त्री र पदाधिकारी आचारसंहिता, २०७८ पास गरी सार्वजनिक गरेको छ । प्रदेशको मन्त्रिपरिषद्को बैठकले आचार संहिता पास गरेर सार्वजनिक गरेको हो ।

प्रदेश सुशासन ऐन, २०७७ को दफा ४६ ले दिएको अधिकार प्रयोग गरी प्रदेश सरकार, मन्त्रिपरिषद्ले आचार संहिता जारी गरेको प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डेले जानकारी दिए ।

प्रदेशका मन्त्री तथा पदाधिकारीले बागमतीका मन्त्री तथा पदाधिकारीलाई आचारसंहिता कुनै पनि नियुक्तिमा आफन्त र नातागोतालाई प्राथमिकता दिन नहुने गरी पास गरिएको छ । प्रदेशलाई नमूना प्रदेशका रूपमा विकास गर्ने, युवा र महिलाका लागि आत्मनिर्भर बनाउन उद्यमशीलताको विकास गर्ने, सार्वजनिक सेवा प्रवाह सुशासनयुक्त प्रदेश बनाउने आचार संहितामा उल्लेख गरिएको  छ ।

संविधान कार्यान्वयनमा सक्रिय पहल गर्ने, दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिमा लगनशील भई शासन प्रणालीलाई सहभागितामूलक बनाउने उद्देश्यले आचारसंहिता ल्याइएको प्रवक्ता पाण्डेले बताए । यस्तै यसले देश र जनताको हित तथा सेवामा निरन्तर सक्रिय रहने उद्देश्य पूर्तिका लागि सुशासन व्यवस्थापन तथा सञ्चालन गर्ने विश्वास उनले व्यक्त गरे ।

मुख्यमन्त्री शाक्यको राजनीतिक सल्लाहकारमा अर्याल

बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको प्रमुख राजनीतिक सल्लाहकारमा माधव अर्याल नियुक्त भएका छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई राज्यमन्त्रीसरह सेवा–सुविधा पाउने गरी प्रमुख सल्लाहकारमा नियुक्त गरेको हो । 

Categorized in राजनीति