STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बलि नहुँदा मन्दिरको करोडौ आम्दानी गुम्यो

Janjati Khabar – रासस | २०७७ कार्तिक १३, बिहिबार

कोरोना सङ्क्रमणका जोखिमका कारण दशैँमा मठमन्दिरमा नित्यपूजाबाहेक पूजाराधना र दर्शनमा निषेधाज्ञा जारी गरिएपछि झण्डै एक करोड बराबरको आम्दानी गुमेको छ ।
बागलुङ कालिका मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले विशेष पूजा हुने दुई पर्वसहित नियमित पूजाको आम्दानी जोड्दा त्यो रकमएक करोड  धेरे हुने बताउनुभयो । मन्दिरमा आव ०७४÷०७५ मा मन्दिरमा भेटीबाट रु. एक करोड ३४ लाख ८७ हजार आम्दानी भएको थियो ।
मन्दिरका पूजारी जयबहादुर खड्काले बन्दाबन्दी र निषेधाज्ञाको समयमा पनि मन्दिरमा नित्यपूजा, आरती र भजनर्कीतन चलिरहेको बताउनुभयो । मन्दिरमा चढाइने बलिको मुढ, भेटी, परेवा र अक्षता आम्दानीको मुख्य स्रोत हो । बलिका रुपमा बोका, राँगो, हाँस, सँगुर, कुखुरा चढाउने गरिन्छ । तिनका मुढ ९टाउको० भक्तजनले मन्दिरलाई चढाउने गरेका छन् । धार्मिक एवं ऐतिहासिक महत्वको उक्त मन्दिर विसं १५९१ मा स्थापना भएको हो ।





Categorized in रोचक