STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बलिउड अभिनेता सुशान्तसिंह राजपुतद्वारा आत्महत्या

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ३२, आइतबार

विजयरत्न असंबरे -


बलिउडया लोकप्रिय अभिनेता सुशान्तसिंह राजपुतले आज आत्महत्या गरेका छन् । मुम्बईको बान्द्रास्थित आफ्नै फ्ल्याटमा डोरीको पासो लगाई आत्महत्या गरेको भारतीय समाचार एजेन्सीले जनाएको छ । आत्महत्याको कारण भने पत्ता लागेको छैन । केही समयअघिदेखि राजपुतले डिप्रेशनको औषधि सेवन गरिरहेको जनाइएको छ । प्रहरीले राजपुतको कोठाबाट केही औषधिहरु पनि बरामद गरेका छन् । सन् १९८६ जनवरी २१ मा भारतको पटनामा जन्मिएका कलाकार राजपुत तनावबाट गुज्रिरहेका परिवारले जनाएको छ । तर लकडाउनको कारण सुशान्तलाई भेट्न नसकिएको पारिवारिक सूत्रले जनाएको छ । सन् २००८ को स्टार प्लसमा ‘किस देश में है मेरा दिन’ टिभी सिरियलबाट लोकप्रिय बनेका सुशान्तको जी टिभीको सिरियल ‘पवित्र रिश्ता’ पनि लोकप्रिय रहेको थियो । सन् २०१३ देखि बलिउडमा आएका उनले ‘काइ पो चे’ फिल्मबाट डेब्यु गरेका थिए । पहिलो फिल्मबाटै बेस्ट डेब्यु एक्टरको फिल्मफेयर अवार्ड जितेका सुशान्तको शुद्ध देसी रोमान्स, डिटेक्टिभ ब्योमकेश बख्शी, एमएस धोनी, केदारनाथ र छिछोरे जस्ता हिट फिल्महरु छन् ।
Categorized in सिनेमा