relans
ni new 83
nib 2082 5

बज्राचार्यलाई सत्यमोहन जोशी साहित्य सिरपा प्रदान

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ मङ्सिर २२, बिहिबार

पहिलो सत्यमोहन जोशी साहित्य सिरपा ९पुरस्कार०– ११४३ साहित्यकार एवं भाषाथुवाः फणिन्द्ररत्न बज्राचार्यलाई प्रदान गरिएको छ।

नेपाल भाषा मंकाः खलः यलले बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा एक समारोहको आयोजना गरी सो पुरस्कार प्रदान गरिएको हो । सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले साहित्यकार बज्राचार्य लाई दोसल्ला ओढाई नगद राशि ५१ हजार रुपैयाँ सहित सम्मानपत्र प्रदान गर्नुभयो ।

वाङमय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको १३ औं दिनको पूण्यतिथिमा कार्तिक ११ गते ललितपुरमा एक समारोहको आयोजना गरी सो पुरस्कार स्थापना भएको घोषणा गरिएको थियो ।

 स्वर्गीय जोशीको योगदानलाई चिरस्थायी बनाउन मंका खलःको प्रयासमा यो पुरस्कार स्थापना गर्नु गौरवको विषय रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले यसले भाषा, साहित्य र संस्कृतिमा योगदान पुर्याउने साहित्यस्रष्टाहरुको आत्मबल र गौरवबोध बढाउने विश्वास व्यक्त गर्नुभयो।

राष्ट्रपति भण्डारीले पुरस्कारबाट सम्मानित साहित्यकार बज्राचार्यको योगदान सबैका लागि अनुकरणीय रहनेछ भन्नु भयो । उहाँले राज्य र जनताले उतिकै सम्मान गरेका जोशीको योगदानलाई भावि पुस्ताले सम्झिरहने वातावरण बनाउनुपर्ने सबैको दायित्व रहेको र यसमा सरोकारवालासहित राज्यका विभिन्न तह र निकाय गम्भीर भएर लाग्ने विश्वास पनि राष्ट्रपति भण्डारीले व्यक्त गर्नुभयो ।

नेपालभाषा मंका खलः येका अध्यक्ष हिराकाजी महर्जनको सभापतित्वको सम्पन्न भएको सो समारोहमा आयोजक संस्थाका सचिव महेन्द्र महर्जनले स्वागत मन्तव्य राख्ने क्रममा मंका खलः यलको गतिविधि माथि प्रकाश पार्नु भयो।

९२ वर्षीय साहित्यकार बज्राचार्यको कथा, कविता, निबन्ध गरी नेपालभाषाका १७ वटा भन्दा बढी कृति हरु  प्रकाशित भइसकेको छ । बज्राचार्यले नेपाल भाषाका विभिन्न साहित्यिक पत्रिकाको सम्पादन, प्रकाशनसंगै, नेपालभाषा परिषद्, आशा सफू कुथि र बुद्ध धर्मको विभिन्न संघसंस्थामा जीवनभर सक्रिय रही पुर्याउनुभएको योगदानलाई कदर गर्दै सो पुरस्कार प्रदान गरिएको कुरा पुरस्कार शिफारिश समितिका संयोजक डा पुष्पराज राजकर्णिकार ले  बताउनु भयो ।

सो समारोहमा मंका खलःका सहसचिव राजु ताम्कारले नेपाल भाषा, साहित्य र संस्कृतिमा विशिष्ट योगदान पु¥याउने स्रष्टाहरुलाई वर्षेनी सो पुरस्कार प्रदान गर्नको लागि अक्षय कोष खडा गरी रकम जुटाउने कार्य भइरहेको बताउनु भयो  ।

सो अवसरमा भाषा, साहित्य र संस्कृति क्षेत्रमा योगदान पुर्याउनु हुने ललितपुरका पूर्वमन्त्री एवं मेयर बुद्धिराज बज्राचार्य, समाजसेवी मोतिलाल शिल्पकार र मंका खलःका संस्थापक अध्यक्ष एवं अन्वेषक छत्रबहादुर कायष्ठलाई मंका खलः यलको मानार्थ सदस्यता प्रदान गरी  सम्मान गरिएको थियो भने मंका खलः यलद्वारा आयोजना गरेको बुद्धिचाल प्रतियोगिता विजेताहरू लाई पनि पुरस्कार प्रदान गरिएको थियो ।

Categorized in साहित्य-कला
ppp 2