STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

फ्रान्सले आफ्ना नागरिकलाई रुस छाड्न भने

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण २१, शनिबार

एजेन्सी - युक्रेनमाथि रुसले आक्रमण गरेपछि बढ्दो तनावका बीच फ्रान्सले आफ्ना नागरिकलाई रुस छाड्न आग्रह गरेको छ । युक्रेनमाथि रुसी आक्रमण बढ्दै जाँदा फ्रान्सले आफ्ना नागरिकलाई रुस छाड्न भनेको हो ।

बीबीसीका अनुसार फ्रान्स सरकारले जुन नागरिकका लागि रुसमा रहनु जरुरी छैन उनीहरूले रुस छाडून् भनेको छ । समाचारमा जनाइएअनुसार अरु देशले पनि यस प्रकारको 'ट्राभल एड्भाइजरी' जारी गरेका छन् ।

ब्रिटेनको विदेश मन्त्रालयले पनि आफ्ना नागरिकलाई रुसका कुनै पनि क्षेत्रमा भ्रमण नगर्न ट्राभल एड्भाइजरी जारी गरेको छ ।

Categorized in अन्तर्राष्ट्रिय