STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

फेसबुकमार्फत १ करोडभन्दा बढी ठगी, दईजना पक्राउ

Janjati Khabar – Janjati Khabar | २०७७ माघ ५, सोमबार

सामाजिक सञ्जाल फेसबुकमा विभिन्न इलेक्ट्रोनिक सामानहरू सस्तो मूल्यमा उपलब्ध गराइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा पर्सा पकाहामैनपुर–४ का अजय भन्ने प्रमोद साह र पर्सा बहुदरमाई–८ का मेवालाल साह छन् । उनीहरूलाई ललितपुर प्रहरीले पक्राउपछि आइतबार सार्वजनिक गरेको हाे । 

ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी किरण वज्राचार्यका अनुसार प्रमोद साह पर्साबाट र मेवालाल लतिपुरबाट पक्राउ परेका हुन् । 

प्रहरीका अनुसार अजय साहले स्काई फोन नामको फेसबुक पेज बनाई विभिन्न इलेक्ट्रोनिक सामानहरू सस्तो मूल्यमा उपलब्ध गराइदिने भन्दै विभिन्न व्यक्तिबाट ई–सेवामार्फत रुपैयाँ पठाउन लगाउने र रकम पाएपछि सम्पर्कविहीन हुने गरेको उजुरीपछि पक्राउ गरिएको हो ।

उनीहरूले हालसम्म विभिन्न व्यक्तिबाट १ करोडभन्दा बढी रकम ठगी गरेको खुलेको एसएसपी वज्राचार्यले बताए । 

फेसबुक मार्फत ठगी गर्ने समूहका मुख्य योजनाकार प्रमोद साह भएको खुलेको छ । उनले विदेशीहरूसँग मिलेर फेसबुक पेज निर्माण गर्ने र त्यही पेजमा ल्यापटप, क्यामेरा, मोबाइल फोन र घडी बिक्रीका लागि राख्ने गरेका थिए । 

Categorized in अपराध-दुर्घटना