STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

फुटपाथ पसल राख्नु कामपाको नीतिविपरीत, अटेर गरी राखे कारबाही हुने

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २६, शुक्रबार

उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुले उपत्यकाको निषेधाज्ञा खुकुलो गर्ने निर्णय गरेसँगै फुटपाथका पसल तथा ठेलागाडाहरु खोल्ने निर्णय गरेकोमा उपत्यकाबासीले सो निर्णयमा आपत्ति जनाएका छन् । काठमाडौं महानगरपालिका १८ वडाका अध्यक्ष एवं सम्पदा विभागका संयोजक न्हुच्छेकाजि महर्जनले बिहीबार उक्त निर्णय सच्याउने माग गर्दै प्रेस विज्ञप्ति निकालेका छन् । महर्जनले जारी गरेको विज्ञप्तिमा काठमाडौं महानगरपालिकाको नीतिनियमअनुरुप फुटपाथ पसल राख्नु र ठेलागाडाको व्यापार गर्नु निषेध गरिएकाले १८ वडाभित्र फुटपाथ पसल नराख्न सबैमा आह्वान पनि गरेका छन् । उनको आह्वानलाई उपेक्षा गरी फुटपाथ पसल राखेमा वा ठेलागाडा पसल राखेमा कारबाही हुने समेत महर्जनले जनाएका छन् । यसैगरी काठमाडौं महानगरपालिका २७ वडाका वडासदस्य नरेश महर्जनले पनि सामाजिक संजालमार्फत् २७ वडाभित्र फुटपाथ पसल र ठेलागाडा व्यवसाय नराख्न अपिल गरिसकेका छन् ।
Categorized in उपत्यका