STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

फिल्मका हिरो हिरोइनहरुलाई सुन्दरता दिने चन्द्रकला भेटवाल

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ जेठ २१, सोमबार

सौन्दर्य कलामा सकृय रूपमा प्रस्तुत अगाडि बढीरहनु भएकी चन्द्रकला भेटवालले  आफ्नो सीप क्षमताको कदर गर्दै कडा मिहिनेत र लगनशीलताका साथ लगातार रूपमा मेकअप आर्ट अर्थात सौन्दर्य कलाक्षेत्रप्रति समर्पित उहाँ यस क्षेत्रमा आफूलाई अग्रपंतिमा उभ्याउन सफल हुनुहुन्छ । सानैदेखि सिर्जनशील तथा कलात्मक कार्य गर्न रुचाउने चन्द्रकला पछि यही क्षेत्रलाई व्यवसायका रूपमा अंग्लानुभयो । मोफसलमा रहेर पनि आफूलाई केन्द्रसम्म स्थापित गर्नुभएको छ ।

चन्द्रकलाले स्वस्तीमा खड्का, दीपाश्री निरौला, आर्यन सिग्देललगायत थुप्रै कलाकारलाई सिंगार्नु भएको छ । विभिन्न ब्युटिप्याजेन्टमा पनि आफूलाई प्रस्तुत गर्दै आउनुभएकी उहाँ पछिललो समय ब्युटिपर्लरहरूले समाजमा प्रत्यक्ष प्रभाव पारेको बताउनुहुन्छ । यसै क्षेत्रमा लागेर महिलाहरूले आफूलाई सक्षम उद्यमशील बन्ने अवशर प्राप्त गरेको उहाँको बुझाइ छ ।

स्वाभिमानका साथ थोरै लगानी अनि जुनसुकै ठाउँमा पनि सञ्चालन गर्न सकिने यो व्यवसायमा मानसम्मान पनि त्यतिकै छ । पछिल्लो समय सरकारले तथा विभिन्न संस्थाले ब्युटिपार्लरहरूद्वारा गरिएको तालिमद्वारा महिलालाई प्रोत्साहन गरी स्वावलम्बी तथा आत्मनिर्भर बनाउन ठूलो सहयोग पुर्‍याएको छ’, चन्द्रकला भन्नुहुन्छ ।

ब्युटिसीयन क्षेत्र अत्यन्त संवेदनशील क्षेत्र रहेको बताउनुहुने उहाँ शरीरको हरेक अंगलाई कसरी आकर्षक र शुरक्षा राख्ने भन्ने कुराको ज्ञान र सेवा दुवै ब्युटिपार्लरले दिइराखेको सुनाउनुहुन्छ । एउटा ब्युटिसीयनले हरेक व्यक्तिलाई राम्रो अथवा सुन्दर बन्नमात्र नभएर स्किन, हेयर, नेल केयरलगायत पूरा शरीरकै ‘टेक केयर’ गर्ने कुरालाई ध्यान पुर्‍याएको उहाँ बताउनुहुन्छ ।

चन्द्रकलाले यस क्षेत्रअन्तर्गत विभिन्न मेकअप, स्किन, हेयर, नेलर, र विशेष गरेर ब्राइडल मेकअपलाई निरन्तरता दिँदै ठूलो पर्दादेखि सानो पर्दासम्म र टेली सिरीयल, भिडियोहरू साथै विभिन्न संघसंस्था र विशिष्ठ व्यक्तिसँग काम गर्नुभएकी उहाँले यो क्षेत्रमा पुर्‍याएको योगदानस्वरूप मानसम्मान तथा पुरस्कार प्राप्त गर्न सफल हुनुहुन्छ ।

Categorized in सिनेमा