relans
ni new 83
nib 2082 5

प्रेम चलाउनेमाथि कुटपिट गर्ने ६ जनालाई २ वर्ष कैदको फैसला

Janjati Khabar – Janjati Khabar | २०८० मङ्सिर ७, बिहिबार

काठमाडौं - जिल्ला अदालत काठमाडौंले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद सजाय सुनाएको छ ।

चलाउनेलाई २८ लाख १७ हजार ५ सय ९३ रूपैयाँ  क्षतिपूर्ति भराउन पनि अदालतले आदेश दिएको छ। प्रतिवादीहरूबाट दामासाही रूपमा यो रकम भराउनुपर्ने अदालतको फैसला छ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलासले यो फैसला गरेको हो।

अभियुक्तहरू रुपेश शाह, रविनकुमार लामा, निरज रानामगर, सयुस भन्ने सयुज श्रेष्ठ, हरि आचार्य र योगेन्द्र रावललाई दोषी ठहर गरी उनीहरूलाई २ वर्ष कैद र २० हजारका दरले जरिवाना हुने फैसला गरेको अदालत प्रशासनले जनाएको छ।

Categorized in अपराध-दुर्घटना
ppp 2