STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्रेमध्वज प्रधानको गीतमा बनेको म्युजिक भिडियो सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०८० पौष १७, मंगलबार

गोल्डेन भ्वाईस अफ नेपाल प्रेमध्वज प्रधानले गाउनु भएको " छन्त छु जुल ”( तिमिलाई के भयो ) बोलको नेपालभाषाको गीतमा बनेको एउटा म्युजिक भिडियोको सोमबार एक समारोहको बीच सार्वजनिक गरिएको छ । गायक प्रेमध्वज को साथमा गायिका प्रतिमा राजभण्डारी को युगल गायन रहेको सो गीतका रचनाकार एवं संगीतकार निर्मलरत्न शाक्य हुनु हुन्छ । विश्वास बज्राचार्य ले निर्देशन गर्नु भएको सो गीतमा लोकप्रिय अभिनेता कर्मा र शोभा महर्जनले अभिनय गर्नु भएको छ ।

ख्यातिप्राप्त कलाकर्मि मदनकृष्ण श्रेष्ठ प्रमूख अतिथी रहनु भएको सो समारोहमा उहाँले पानसमा दिप प्रज्वलन गरी कार्यक्रम शुभारम्भ गर्नु भएको थियो । प्रमुख अतिथी को रुपमा आफ्नो मन्तव्य राख्ने क्रममा गीतसंगीतको जादू वर्णन गरेर सकिंदैन भन्नु हुँदै आफुलाई यही गीतसंगीतले जीवनमा उर्जा प्रदान गरिरहेका कुरा सुनाउनु भयो ।

विशेष अतिथीका रुपमा उपस्थित हुनु भएका सिनेकर्मि एवं साहित्य अन्वेषक प्रकाश सायमिले गीतमा प्रयुक्त प्रविधी को प्रसंशा गर्नु भयो । यस्तैगरी नेपालभाषा को प्रथम म्युजिक भिडियो निर्देेशक विजयरत्न असंबरे ले उक्त भिडियो को निर्देशन र कलाकारिता पक्ष उत्कृष्ट रहेको कुरा उल्लेख गर्नु भयो ।

सो समारोहमा संगीतकार मनराजा नकर्मि , सोही गीतका एक  गायिका प्रतिमा राजभण्डारी र सोही भिडियो का निर्देशक विश्वास बज्राचार्यं लगायत सभापतिको रुपमा भएका गीतकार निर्मलरत्न शाक्यले उक्त गीतबारे आआफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।

सन्चारकर्मि एवं गायक सुरजबीर बज्राचार्य ले सन्चालन गर्नु भएको सो कार्यक्रममा गीतसंगीत सम्बद्ध धेरै कलाकर्मिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Categorized in साहित्य-कला