relans
ni new 83
nib 2082 5

प्रियंका कार्की फेरी म्युजिक भिडियोमा

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ फाल्गुण १, शनिबार

नेपाली चलचित्र जगतकी लोकप्रिय नायिका   प्रियंका कार्की लामो समयको अन्तराल पछी  फूलभन्दा कोमल बोलको गीतको शानदार म्युजिक भिडियोमा देखिएकी छन्।

म्युजिक भिडियोमा प्रियंका कलाकार विकेश शाहीको जोडी बनेकी छिन् भने यो रोमान्टिक म्युजिक भिडियोमा प्रियंका र विकेशको जोडी सुहाउँदो पनि देखिएको छ। विभिन्न फिल्म तथा म्युजिक भिडियोमार्फत आफ्नो कला देखाउँदै आएका विकेश लामो समयदेखि अभिनय, नृत्य, क्षमता अभिवृद्धीजस्ता कलाकारिताका लागि आवश्यक पर्ने विभिन्न विधाको तालिम र प्रशिक्षण पश्चात पुनः म्युजिक भिडियोमा देखिएका हुन्।

उद्घोषण कलामा समेत उत्तिकै पारंगत म्युजिक भिडियो कोरियोग्राफर कविराज गहतराजको निर्देशनमा बनेको छ । कविराजले यो गीतको म्युजिक भिडियोमा सधैं जस्तो दर्जनौं कोरस कलाकार राखेका छैनन्। बरु यसपटक पात्र र लोकेशन केन्द्रित भएका छन्। गहतराजले गीतको भावअनुसार प्रियंका र विकेशलाई म्युजिक भिडियोमा प्रस्तुत गरेका छन् भने म्युजिक भिडियोलाई प्रेमिल ढंगले तयार पारेका छन्। म्युजिक भिडियो चन्द्रागिरी हिल्सका विभिन्न स्थानमा छायांकन गरिएको छ। 

हेराकुमार शाही (मगचा) द्वारा निर्मित म्युजिक भिडियोमा कोरियोग्राफी राकेश शाहीको रहेको छ। ओएसआर डिजीटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको म्युजिक भिडियो कृष्ण पाण्डेको छायांकन, सुशान्त बस्नेतको सम्पादन र श्याम कुँवरको कलरिङमा तयार भएको छ।

ओमर सुनारको शव्द रचना र संगीत रहेको यो प्रेम गीत उनको साथमा एलिना चौहानले गाएकी छिन्।

Categorized in साहित्य-कला
ppp 2