STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्राप्ति र अश्विन भए संसार अनलाइन सिङ्गिङ स्टार

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ भाद्र २७, आइतबार

संसार अनलाइन सिङ्गीङ स्टार अवार्ड २०२०/२१ को उपाधि प्राप्ति तामाङ र अश्विन प्रधानले पाएका छन् ।

शनिबार काठमाडौँमा आयोजना गरिएको प्रतिस्पर्धामा १६ वर्षमुनिको तर्फ प्रतिस्पर्धिहरुबाट गायनमा काभ्रेकी प्राप्ति तामाङ प्रथम भएकी छिन् ।

त्यस्तै काठमाडौँमा रितु श्रेष्ठ द्वितीय र भक्तपुरकी झरना खनाल तृतीय भएकी छिन् । प्रथम, द्वितीय र तृतीयले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपियाँसहित ट्रफी पुरस्कार पाए । 

सो प्रतियोगिताको पुरस्कार निर्णायार्थ भएको अन्तिम चरणको ग्राएण्ड फाइनल  उनीहरूले शनिबार आफ्नो गायन प्रस्तुत गरेका थिए । त्यस्तै खुल्ला प्रतिस्पर्धिहरु  तर्फ इलामका अश्विन प्रधान प्रथम, ललितपुर  अमोघ वीर बज्राचार्य दोस्रो र ठिमीका आश्रय रञ्जित तेस्रो भए ।

खुल्लातर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ३० हजार , १५ हजार रुपियाँ र १० हजार रुपियाँसहित ट्रफी जितेका छन् ।  पुरस्कार बिजेताहरुलाई निर्णायक तथा कार्यक्रममा उपस्थित अतिथिहरूले पुरस्कार प्रदान गरेका थिए ।

गत वर्षबाट अनलाइन विधिबाट सहभागी भएका ७ सय ४० जना प्रतियोगीमध्ये १७ जना छनौट भएका थिए । प्रतियोगितामा सहभागी अन्यलाई पनि विविध प्रस्तुतिको लागि ट्रफी प्रदान गरिएको थियो ।

Open Photo

 

देश बाहिर १९ देशमा रहेका नेपालीले पनि प्रतिस्पर्धामा भाग लिएका थिए । सो प्रतिस्पर्धामा प्रसिद्ध संगीतज्ञ अमरराज शर्मा राजोपाध्याय लगायत लोचन भट्टराइ, प्रवेशमान शाक्य, राजु सिंह , जुजु काजी रन्जित जस्ता वरिष्ठ साँगितिक व्यक्तित्वहरु निर्णायकका रुपमा रहेका थिए ।

कार्यक्रमका  प्रमुख अतिथिका रुपमा ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसाल उपस्थित रहेका थिए भने उनले मन्तव्य राख्ने क्रममा बालबालिकाको क्षमता विस्तार गर्ने यस प्रकारका कार्यक्रमले प्रतियोगीमा उत्साह प्रदान गर्ने बताइन् ।

गत वर्षबाट सुरु भएको कोरोनाका कारण मानिसको जनजीवन अस्तव्यस्त भएको बेला भएको यस किसिमको प्रतिस्पर्धाले मानिसमा निराशा कम गर्ने पनि जनाइन् । उनले गीत, सङ्गीत र कलाको आफू पारखी भए पनि यसबारे आफू पोख्त नभएको स्पष्ट पारिन् ।

आयोजक संसार अनलाइन टिभीका अध्यक्ष स्वतन्त्र महर्जनले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू आयोजना गरिने बताए । उनले कोरोना संक्रमणकालमा मानिसमा छाएको अन्यौलता कम गर्न कार्यक्रमले सहयोग पुग्ने बताए । कार्यक्रममा ललितपुर वडा नं २१ का वडा अध्यक्ष एवं आयाेजक समितिका सल्लाहकार  रविन्द्र महर्जनले स्वागत मन्तव्य राखेका थिए ।

Categorized in साहित्य-कला