STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्रहरी र तस्करबीच गोली हानाहान

Janjati Khabar – Janjati Khabar | २०७७ पौष २६, आइतबार

बारामा प्रहरी र गाँजा तस्कर समूहबीच गोली हानाहान भएको छ । प्रहरीका अनुसार निजगढ नगरपालिका-१३ भक्तलाल खोलाको बगरमा गएराति १० बजे प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको हो ।

समूहमा रहेका तस्करले प्रहरीलाई देख्ने बित्तिकै गोली फायर गर्दा प्रतिकारमा ५ राउन्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम मिश्रका अनुसार घटनास्थलबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका-६ बस्ने ४७ वर्षीय इमानसिंह तामाङ रहेका छन् । 

उनको साथबाट १ थान भरुवा बन्दुकसमेत बरामद भएको डिएसपी गौतमले बताए । समूहमा रहेका फरार बाँकी सदस्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Categorized in अपराध-दुर्घटना