STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्रहरीबाट अध्यागमन अधिकारीहरू कुटिएपछि छानबिन समिति गठन

Janjati Khabar – Janjati Khabar | २०८० माघ १२, शुक्रबार

काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकारीहरू प्रहरीबाटै कुटिएपछि गृह मन्त्रालयले तीन सदस्यीय छानबिन समिति बनाएको छ। 

गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको हो। समितिमा प्रहरीका डीआइजी राजेशनाथ बास्तोला र गृहका उपसचिव कूलबहादुर जीसी रहेका छन्। समितिलाई ३ दिनभित्र सत्थतथ्यसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिइएको स्रोतले जानकारी दिएको छ। 

स्रोतका अनुसार कुटपिटमा संलग्न रहेका प्रहरीलाई कामबाट अलग राख्ने निर्णय गरेको छ। घटनालगत्तै भएको छलफलमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, त्रिअबि अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमाललगायत सहभागी थिए। 

सुरक्षाको विषय (जीउ खानतलासी)लाई लिएर विवाद उत्पन्न हुँदा विमानस्थलका प्रहरीले अध्यागमन कार्यालयका प्रमुखमाथि हातपात गरेका थिए। 'वाक थ्रु'मा प्रहरीको सुरक्षा जाँच नहुने भन्दै अध्यागमनका अधिकारीहरूले प्रश्न उठाएपछि प्रहरीले अध्यागमन प्रमुखमाथि नै हातपात गरेका थिए। अध्यागमन प्रमुखमाथि नै हातपात भएपछि गृह मन्त्रालयले समेत यस विषयमा चासो लिएको थियो।

Categorized in राष्ट्रिय