STC 810x100 adv
Swasthya Mantralaya

प्रविन ताम्राकारलाई इन्द्रलाल श्रेष्ठ स्मृति पुरस्कार

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ मङ्सिर ४, शनिबार

वाशिंटन डि.सी.मा तीन दशक देखि विभिन्न संघ संस्था मार्फत सक्रिय रहँदै आएकी एनईसीसीका कोषाध्यक्ष र एपपीपीए का पूर्व संचालक समिति सदस्य मगन देवी श्रेष्ठ द्वारा आफ्नो स्वर्गीय पिता रेडियो नेपालका वाद्यवादक सुप्रसिद्ध कलाकार, संगीत शिक्षक इन्द्रलाल श्रेष्ठको स्मृतिमा सन् २०१६ देखि स्थापित पुरस्कार करिव १ दशक देखि वाशिंटनमा विभिन्न धार्मिक सामाजिक शैक्षिक, अनलाइन अन्तरर्वाता एवं सांगितिक गतिविधिमा सक्रिय गायक तथा प्रस्तोता  प्रविन ताम्राकारलाई पुरस्कृत गरिएको छ ।

उनि अमेरिका नेपाल परम्परागत बौध्दधर्म संघका महासचिव, एनपीपीएका बार्षिक स्मारिका दबूका करिब १ दशक देखि संयोजक, एनइसीसी का स्मारिका नमस्तेका पूर्व सम्पादक, एनओअ का स्मारिका ‘लसकुस’ का अमेरिकी संयोजक (२०२१), नेपालभाषा टाइम्सका अमेरिकाय नेवाका प्रस्तोता र निर्माता हुन् ।

स्वर्गीय इन्द्रलाल श्रेष्ठ नेपालमा प्रारम्भिक चलचित्रहरू आमा, मनको बांध, परिवर्तनमा विभिन्न भूमिका निर्वाह गरेका थिए भने रेडियो नेपालमा तबला र मादलका वरिष्ठ बाद्यवादको रुपमा सन् १९५० देखि १९९० मा अमेरिका आउनु हुदाँ सम्म सक्रिय थिए । फूलबारी सांस्कृतिक केंद्रको माध्यमबाट उनले वाशिंगटनडिसीमा निशुल्क संगीत प्रशिक्षण दिएका थिए । सन् २००० मा दुखद निधन पछि नेपाली समाजले एक महान कलाकार गुमाउनु परेको थियो ।

स्व. इन्द्रलाल श्रेष्ठ कम बाजाबाट पनि निकै ठट्यौलो गीतबाट मनोरन्जन दिनमा सिध्द हस्त थिए । उनको ‘ढंग मरूनी भमचा’ जस्ता गीतहरु निकै लोकप्रिय भएका थिए ।

यस इन्द्रलाल श्रेष्ठ स्मृति पुरस्कार महजोड़ी, सुप्रसिध्द गायिका संगिता शाक्य, सुप्रसिध्द नृत्य गुरू यज्ञमान शाक्य (एनओएअध्यक्ष) र लोचनीतारा शाक्य सम्मानित भइसकेका छन ।

यस बर्षका सम्मानित ब्यक्तित्व प्रबिन ताम्रकारका नेपालीमा संयुक्त गीति एल्वम ‘केही भन्न बाँकी थियो’ र ‘बच्चनको मधुशाला/दुर्गालाल या सुलिँ’ नामक एक संयुक्त र अर्को एकल एल्वम पनि रिलिज भै सकेको छ । उनले डब्लुएनओमा २०१६ को स्मारिकामा पनि महत्वपूर्ण भूमिका निभाउनुका साथै ‘बौध्दर्षि महाप्रज्ञा आत्मकथा’ प्रकाशनमा पनि प्रमुख भूमिका निभाएक थिए ।

बुध्द भजन, राष्ट्रिय भावनाका गीत र नेपालको राष्ट्रिय गानको गायकको रुपमा थुप्रै पटक एनपीपीएको तथा अरू समारोहमा देखा परि सकेका छन् । गत वर्ष कोभिड महामारीका कारण यो सम्मान कसैलाइ दिइएको थिएन ।

यस सम्मानको व्यवस्थापन गरेको एनपीपीए को माध्यमबाट विभिन्न परोपकारको कार्य गर्ने सम्मानको संस्थापक मगन देवी श्रेष्ठले वार्षिक ५०० डलर उपलब्ध गर्दै आएकी छिन । वरिष्ठ संगीतज्ञको नाममा अमेरिकाबाट सम्मानको व्यवस्था गरिनुलाई सराहनीय र उदाहरणीय कार्य रुपमा हेरिएको छ ।

आफूले कुनै प्रतिफलको आशा नगरी काम गर्दा समाजको मन जित्न सफल भए पनि यो सम्मानले आफुलाई निकै हौसला प्रदान गरेका प्रविन ताम्राकारले आफ्नो भावना प्रकट गरेका छन् र आयोजक प्रति आभार व्यक्त गरेका छन् ।

Categorized in साहित्य-कला
kmc sujib