STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्रधानमन्त्री भेट्न देउवा बालुवाटारमा

Janjati Khabar – Janjati Khabar | २०८० फाल्गुण २१, सोमबार

काठमाडौं - गठबन्धनको बैठक स्थगित भएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न देउवा बालुवाटार गएका हुन्।

गठबन्धनमा देखिएको तिक्तता मेटाउन प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच छलफल भएको बालुवाटार स्रोतले बताएको छ। कांग्रेस सभापति देउवाले आइतबार साँझ आफ्ना मन्त्रीहरुलाई निवासमा बोलाएर उनीहरुको कार्यशैलीप्रति असन्तुष्टी जनाएका थिए। राष्ट्रियसभा अध्यक्षमा दुबै पाटीले उम्मेद्वारी दिने भएपछि माओवाद केन्द्र र कांग्रेसबीच मनमुटाव बढेको छ।

प्रधानमन्त्री दाहालले शृङ्खलाबद्धरुपमा नयाँ समीकरणका लागि एमाले अध्यक्षसँग छलफल बढाएपछि देउवा उनीसँग चिढिएका छन्।

यसअघि आज बिहान बस्ने भनिएको सत्ता गठबन्धनको बैठक स्थगित भएको छ। नेपाली कांग्रेस र माओवादी केन्द्रबीच मन्त्रीको कार्यशैली र सुशाशन लगायतका विषयमा कुरा नमिलेपछि गठबन्धनमा तिक्तता आएको थियो। आपसी तिक्तता मेटाउन आज बिहानका लागि बैठक बोलाइएको थियो।  

 

प्रधानमन्त्री दाहालको कार्यशैलीप्रति असन्तुष्ट बनेको कांग्रेस पछिल्लो समय उनीसँग सशंकित हुँदै आएको छ।

Categorized in राजनीति