STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्रधानमन्त्री कप – आर्मीले प्रदेश नं ३ लाई ३१० को विशाल लक्ष्य

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २२, बुधबार

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा राष्ट्रिय टोलीका सदस्य विनोद भण्डारीको नेतृत्वमा रहेको त्रिभुवन आर्मी क्लबले प्रदेश नम्बर ३ लाई जितको लागि ३१० रनको विशाल लक्ष्य दिएको छ । 
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा छ विकेट गुमाएर ३०९ रनको योगफल बनायो । 
आर्मीको लागि कप्तान विनोद भण्डारीले सर्वाधिक ७५ रनको योगदान दिए । ४२ बल खेलेका उनले पाँच छक्का र समान पाँच चौका प्रहार गर्दै अविजित ७५ रनको योगदान दिएका हुन् । 
त्यसैगरी राजु रिजालले ५१, रोहित पौडेलले ४३, हरि चौहानले ३८, राजेश पुलामीले २९, कौशल मल्ले २६, करण केसीले २१ तथा हरिकृष्ण झाले १२ रनको योगदान दिए । 
बलिङतर्फ पारस खड्काको नेतृत्वमा रहेको प्रदेश नं ३ का नन्दन यादव र जीतेन्द्र ठकुरीले दुई÷दुई विकेट लिँदा पारस खड्का र सोनु देवकोटाले एक÷एक विकेट लिए । 
समूह चरणको खेलमा आर्मी समूह बी को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो भने प्रदेश ३ समूह ए को विजेता बन्दै सेमिफाइनल पुगेको हो । प्रतियोगिताको विजेताले रु २० लाख तथा उपविजेताले रु १० लाख प्राप्त गर्नेछ । 
Categorized in खेलकुद