STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

Janjati Khabar – Janjati Khabar | २०७७ पौष २६, आइतबार

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्।

आइतबार बिहान साढे ११ बजेका लागि प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए।

‘साढे १० बजे फोन गरेर साढे ११ बजे मन्त्रिपरिषद बैठक बस्ने जानकारी दिएको हो’, ती मन्त्रीले भने, ‘बैठकका एजेन्डाबारे कुनै जानकारी आएको छैन।’

मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्दै आएको छ। तर, आइतबार प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन्।

Categorized in राजनीति