STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्रदेश १ हिउँदे अधिवेशन अनिश्चितकालका लागि स्थगित

Janjati Khabar – Janjati Khabar | २०७७ माघ ७, बुधबार

काठमाडाैं – प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठक बसेको केही मिनेटमै  अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

प्रदेश प्रमुख सोमनाथ अधिकारीले पठाएको प्रदेशको हिउँदे अधिवेशन सुरु भएको बारे पत्र पढेर सुनाएलगत्तै बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।

प्रदेश सभा बैठक अघि बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकको निर्णयअनुसार बैठक स्थगित गरिएको प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिएका छन् ।

प्रदेश १ का नेकपाको ओली समूह र दाहाल–नेपाल समूहले विभिन्न सांसदलाई कारबाही गरेको घोषणा गरेका थिए । कारबाहीमा परेका सांसदहरूलाई बैठकमा जान दिनेरनदिने भन्ने विवाद चर्किएर अवस्था जटिल हुने देखिएपछि कार्यव्यवस्था समितिले बैठक सुरु भएको पत्र मात्र सुनाएर स्थगित गर्ने निर्णय गरेको थियो ।

Categorized in राजनीति