relans
ni new 83
nib 2082 5

प्रदेश नम्बर ५ को प्रदेश सभा बैठक स्थगित • अर्को बैठक मंगलबार बस्ने

Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन १९, सोमबार

काठमाडाैं – प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध र प्रदेशसभामा भएकाे तोडफोडपछि प्रदेश नम्बर ५ को प्रदेश सभा बैठक स्थगित भएको छ।

सभामुख पूर्ण घर्तीमगरले मंगलबार दिउँसो १२ बजे  बस्ने गरी आजको बैठक स्थगित गरेका हुन्।

कांग्रेस सांसदले स्थायी राजधानी बुटवल नै राख्नुपर्ने माग राख्दै तोडफोड गरेका थिए । उनीहरुले कुर्सी, टेबुल र माइक फुटाएका थिए।

आजको बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङ राप्ती उपत्यका तोक्ने प्रस्ताव छलफलका लागि पेश गरेका थिए। सांसदहरूले उठाएका प्रश्नमा मन्त्री केसीले जवाफ दिएका थिए ।

 

Categorized in राजनीति
ppp 2