STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्रदेशसभा बैठक आह्वान

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ११, बुधबार

प्रदेश नं ३ प्रमुख अनुराधा कोइरालाले प्रदेशसभाको चौथो अधिवेशन बैठक यही वैशाख ३० गते सोमबार दिनको १ बजे बस्ने गरी आह्वान गर्नुभएको छ । 
नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिमको अधिकार प्रयोग गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले सिफारिस गरी पठाएअनुसार उहाँले सो आह्वान गर्नुभएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ । प्रदेशसभाको तेस्रो बैठक गत १० गते राति १२ बजे अन्त्य गरिएको थियो । 
कार्यवाहक मुख्यमन्त्रीमा जम्कट्टेल तोकिनुभयो 
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण टोलीमा आज चीनतर्फ प्रस्थान गर्नु भएकाले उहाँले सम्हाली आउनुभएको मुख्यमन्त्री र भौतिक योजना तथा पूर्वाधारमन्त्रीको जिम्मेवारी आन्तरिक मामिला तथा कानूनमन्त्री सालिकराम जम्कट्टेललाई तोक्न प्रदेश प्रमुखलाई सिफारिस गरी पठाउनुभएकाले आजैदेखि प्रदेश प्रमुख अनुराधा कोइरालाले मन्त्री जम्कट्टेललाई कार्यवाहक मुख्यमन्त्री तोक्नुभएको उहाँको सचिवालयले जनाएको छ । 
यसैगरी, उद्योग, पर्यटन वन तथा वातावरणको तर्फबाट प्रदेश नं ३ को प्रदेशसभा सचिवालयमा प्रदेशमा जलचरको संरक्षण गर्न बनेको विधेयक २०७६ लाई आज दर्ता गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । 
Categorized in राष्ट्रिय