STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्रतिनिधिसभा बैठक स्थगित, एमाले सांसदद्वारा संसद्‌मा विराेध, सभामुख एमालेसँग छलफलमा

Janjati Khabar – Janjati Khabar | २०७८ भाद्र २३, बुधबार

काठमाडौँ - प्रतिनिधिसभाको बैठक स्थगित गरेर सभामुख अग्निप्रसाद सापकोटा प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन् ।

सभामुखको आचरणप्रति असन्तुष्टि जनाउँदै एमालेले सदनमा विरोध जनाएपछि सभामुख सापकोटाले एमालेका प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरीसँग छलफल गरेका हुन् ।

सभामुखको सचिवालयका अनुसार उनीहरुबीच प्रतिनिधिसभा नियमावलीको नियम २१ को उपनियम ‘ख’ र ‘ग’ को बारेमा पनि छलफल भएको थियो ।

एमालेका सांसदहरुले नाराबाजी गर्ने क्रममा सभामुखको आलोचना गर्दा असंसदीय भाषा बोलेपछि उक्त नियम आकर्षित भएको सभामुख सापकोटाले बैठकमै सचेत गराएका थिए ।

यस्तै सत्तारुढ गठबन्धनमा रहेका दलका प्रमुख सचेतक र सचेतकहरुसँग पनि सभामुखले छुट्टै छलफल गरिरहेकाे जनाइएकाे छ । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नै लाग्दा प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरुले उठेर विरोध जनाएका छन् ।

त्यसपछि सभामुख सापकोटाले एमाले दलका प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्न समय दिएका छन् । भट्टराईले सभामुखबाट कानून उल्लंघन भएको भन्दै आपत्ति जनाएका छन् ।

एमालेले भदौ १ गते माधव नेपालसहित १४ जना प्रतिनिधिसभा सदस्यलाई निष्कासन गरिएको सूचना संसद सचिवालयलाई दिएकोमा सभामुखले कानून बमोजिम सूचना टाँस नगरी एमाले विभाजनमा भूमिका खेलेको आरोप छ ।

राष्ट्रियसभा पनि एमाले सा‌ंसदहरुद्वारा अवरुद्ध

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरुद्ध पारेपछि राष्ट्रियसभाको बैठक पनि ३० मिनेटका लागि स्थगित गरिएको छ । बैठक सुरु हुनासाथ राष्ट्रियसभामा एमालेका सांसदहरुले उठेर बैठक अवरुद्ध पारेका थिए ।

त्यसपछि सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमालेका सचेतक खिमलाल भट्टराईलाई बोल्न समय दिएका थिए । त्यसक्रममा बोल्दै सचेतक भट्टराईले प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले आफ्नो दल फुटाउने, आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदहरुको सूचना समेत टाँस नगरेर राजनीतिक दलका सामान्य कार्यकर्ताको रुपमा प्रस्तुत भएको उल्लेख गर्दै त्यसको विरोधमा राष्ट्रिय सभा चल्न दिन नसकिने चेतावनी दिए । उनले लोकतन्त्रको रक्षाका लागि, संविधान र कानुन विरोधी सभामुख सापकोटाको भूमिको रहेको उल्लेख गर्दै त्यसलाई मानेर जाने अवस्थामा आफूहरु नरहेको धारणा समेत राखे।

सचेतक भट्टर्राइले बोलिसक्ने वित्तिकै एमाले संसदहरुले उठेर संसद बैठक सूचारु हुन दिएनन् । यता, राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले भने राष्ट्रिय सभाको गरिमालाई कायमै राखेर अघि बढनुपर्ने भन्दै एमाले सांसदहरुलाई बैठक सूचारु गराउन सहयोग गरिदिन पटकपटक आग्रह गरे । तर एमाले सांसदहरुले नमानेपछि उनले सो बैठक ३० मिनेटसम्मका लागि स्थगित गरिएको घोषणा गरे ।

Categorized in राजनीति