STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्रचण्ड–माधव समूहको बैठक बस्दै, ओली कार्यकर्ता भेलामा

Janjati Khabar – Janjati Khabar | २०७७ पौष १५, बुधबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटीको बैठक आज बस्दैछ भने उता ओली पनि कार्यकर्ता भेलामा सहभागी हुने भएका छन् ।

सरकारविरुद्ध आन्दोलनका थप कार्यक्रम तय गर्न बैठक बस्न लागेको हो । बैठक दिउँसो १२ बजे पेरिसडाँडास्थित कार्यालयमा बैठक बस्नेछ ।

बैठकलगत्तै दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने सो पक्षको तयारी छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा संसद विघटन गरेको विरोधमा प्रचण्ड–माधव समूहले मंगलबार देशैभर विरोध प्रदर्शन गरेको थियो । 

प्रचण्ड–माधव समूहले प्रतिनिधिसभा पुनस्र्थापना नभएसम्म आन्दोलन जारी रहने जनाएको छ । आन्दोलन परिचालन गर्न नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा समिति गठन गरिएको छ । 

ओली कार्यकर्ता भेलामा 

अर्काेतर्फ प्रधानमन्त्री केपी शर्मा ओली आफू नेतृत्वको नेकपाको कार्यकर्ता भेलामा सहभागी हुने भएका छन् । 

ओली नेतृत्वको नेकपाको सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरुको भेला तथा प्रशिक्षणमा ओली सहभागी हुन लागेका हुन् । दिउँसो १२ बजे कार्की ब्यांक्वेट बबरमहलमा ओली समूहले कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम राखेको हो । 

विगतमा नेकपाको कार्यक्रम भइरहने कार्की ब्यांक्वेटमै प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक बसेको थियो 

Categorized in राजनीति