STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्रचण्ड–नेपाल समूहले निलम्बन गरे प्रदेश १ का मुख्यमन्त्रीलाई

Janjati Khabar – Janjati Khabar | २०७७ पौष २८, मंगलबार

नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहित ८ जनालाई निलम्बन गरेको छ ।

प्रदेश १ संसदीय दलले मुख्यमन्त्री राईसहितका आठ जनालाई सांसद पदबाट निलम्बन गरेर कार्यान्वयनका लागि प्रदेशसभामा सिफारिस गरेको छ ।

प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, भूमि कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङ, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, न्याय प्रशासन तथा विधायन समितिका सभापति इन्द्रमणि पराजुली, अम्बिका थापा, विमल कार्कीलाई सांसद पदबाट तीन महिनाका लागि निलम्बन गरेको हो । 

प्रचण्ड–नेपाल समूहका संसदीय दलका नेता भीम आचार्यले हस्ताक्षर गरेको पत्रमा दलको बैठकमा सहभागी नभएको, पार्टी हित विपरीत गतिविधि गरेको भन्दै कारबाही गरिएको उल्लेख छ ।

प्रदेश १ मा मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव यसअघि नै दर्ता भएको छ । अविश्वासको प्रस्ताव दर्ता भएलगत्तै मुख्यमन्त्री राईको निर्देशनमा प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले १६ जना सांसदलाई स्पष्टिकरण सोधेका थिए । उनीहरुलाई मुख्यमन्त्री राईले निलम्बनको घोषणा गरेका छन् । 

Categorized in राजनीति