STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पौडी खेल्दाखेल्दै दुई युवा बेपत्ता

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २, सोमबार

कर्णाली नदीको गेरुवा भङ्गालोमा पर्ने कोठीयाघाटमा पौडी खेल्ने क्रममा आइतबार साँझ दुई युवा बेपत्ता भएका छन् । 
 
बाँके कोहलपुरका दीपेन्द्र कार्की र कैलाली लम्कीका प्रज्ज्वल कोइराला पौडी खेल्ने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ । छ जना साथी मिलेर कोठीघाट घुम्ने क्रममा पौडी खेल्न गएको बेला नदीमा प्रज्ज्वल र दीपेन्द्र बेपत्ता भएको कोहलपुरका उनीहरुकै साथी राजेन्द्र शाहीले बताउनुभयो । 
    दुईजना नदीमा बेपत्ता भएको र बेपत्ताको खोजीकार्य प्रहरीले गरिरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिनुभयो  । उहाँका अनुसार खोजी कार्य लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीका गोताखोर टोली परिचालन गरिएको छ । 
Categorized in अपराध-दुर्घटना