relans
ni new 83
nib 2082 5

पोखरा विमान दुर्घटना : खोजी कार्य स्थगित, सोमबार बिहानैदेखि सुरु

Janjati Khabar – Janjati Khabar | २०७९ माघ १, आइतबार

काठमाडौं - आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा हराइरहेका यात्रुको खोजी कार्य आज रातिलाई स्थगित गरिएको छ ।

राति खोजी कार्य कठिन भएकाले सोमबार बिहानैदेखि खोजी कार्य सुरु गरिने नेपाली सेनाले जानकारी दिएको छ ।

यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक (एसपी) अजय केसीले खोजी कार्यलाई राति पनि जारी राख्नका लागि घटनास्थल सेती खोँचमा लाइट जडान गरिसकिएको बताए। “खोजी कार्यको सुरक्षाकर्मीका तर्फबाट कुनै कमी हुन नदिनका लागि राति पनि सम्भव भएसम्म शवहरु खोजी गर्नेछौँ”, प्रमुख केसीले भनेका थिए।

आइतबार बिहान १०ः ३२ बजे काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमानमा चार चालक दलसहित ६८ जना यात्रु सवार रहेका थिए । तर, विमान अवतरण गर्न नपाउँदै सेती नदीको खोँचमा दुर्घटनामा पर्यो ।

आइतबारसम्म ६९ जनाको शव फेला परेको छ भने बाँकी ३ जनाको अवस्था अज्ञात रहेको छ ।

Categorized in अपराध-दुर्घटना
ppp 2