STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पोखरा विमान दुर्घटनामा पाइलटकै गल्ती

Janjati Khabar – Janjati Khabar | २०७९ फाल्गुण ५, शुक्रबार

काठमाडौं - माघ १ मा पोखरामा दुर्घटनामा परेको यती एअरलाइन्सको जहाजबारे अनुसन्धान गर्न गठित आयोगले फागुन ३ मा प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । तर यो प्रतिवेदनले तोकेर दुर्घटनाको कारण चाहिँ उल्लेख गरेको छैन । यद्यपि प्रतिवेदनमा उल्लेख भएका विवरणले चालक दलका सदस्यहरुको त्रुटिका कारण विमान दुर्घटनामा परेको संकेतचाहिँ गरेको छ ।

प्रतिवेदनले जहाजका दुवै इञ्जिन शक्तिहीन अर्थात् फेदर अवस्थामा पुगेको औंल्याएको छ । प्रश्न उठ्छ- एकै पटक दुवै इन्जिन शक्तिहीन कसरी भयो त ? इन्जिनमै खराबीले वा मानवीय कमजोरीले यस्तो भयो भन्नेबारे प्रारम्भिक प्रतिवेदनले प्रष्ट भनेको छैन ।

वर्षौैंसम्म एटिआर ७२ जहाज उडाएका एक क्याप्टेनको अनुमान अनुसार जहाज अवतरणका क्रममा मानवीय भूल हुन पुग्यो र जहाज दुर्घटनामा पर्यो ।

कुनै पनि जहाजको गति अवतरणको बेला घटाउनु पर्ने हुन्छ । यसका लागि दुवै पखेटाको पछिल्लो किनारमा तल–माथि हुने गरी सहायक पखेटा जडान गरिएको हुन्छ । जहाज अवतरणको बेला जहाजको त्यही सहायक पखेटालाई ३० डिग्रीसम्म मोडिन्छ । यसलाई प्राविधिक भाषामा ‘फ्लाट थर्टी’ भनिन्छ ।

यहि फ्लाट थर्टीको माग को-पाइलट अञ्जु खतिवडाले गरेको डाटा भ्वाइस रेकर्डरमा सुनिएको छ । तर फ्लाट थर्टी हेन्डल तान्नुको सट्टा गलत हेन्डल तानिएको अनुमान गरिएको छ । फ्लाट थर्टीको कुरा ककपिटमा सुनिए पनि तान्ने बेला ‘कन्डिसन लिभर’ तानिएको आँकलन छ । कन्डिसन लिभर र फ्लाट थर्टीको हेन्डल दुई पाइलटको बीचमै हुन्छ । फ्लाट थर्टी तान्नु पर्ने बेला कन्डिसन लिभर झुक्किएर तानिँदा मात्रै जहाज तत्काल झर्ने अवस्था उत्पन्न हुन्छ ।

कन्डिसन लिभरले जहाजको प्रोपेलर अर्थात इन्जिनसँग जोडिएको पंखालाई नियन्त्रण गर्छ । कन्डिसन लिभर तानेपछि पंखा त घुम्छ तर यसले इन्जिन शक्तिहिन बनाइ दिन्छ । इन्जिनमा पावर छैन भन्ने आवाज अन्जु खतिवडाको सुनिन्छ । त्यो बेला पाइलट कमल केसीले पावर लिभर तानेर ७७ अंकसम्म पुर‌्याउँछन् । तर पनि इन्जिनले काम गर्दैन । मोटरसाइकललाई न्युट्रलमा राखेर एक्सिलेरेटर तान्दा जस्तो हुन्छ, ठिक त्यस्तै अवस्था जहाजमा कायम हुन गएको विश्लेषण गरिएको छ ।

यो बेला जहा जमिनबाट ३११ फिट उचाइमा आइ पुगेको थियो । तत्काल के गर्ने भन्ने अलमल हुँदा अन्जु खतिवडाले जहाजलाई टर्न गर्न पाइलट कमल केसीसँग अनुमति माग्छिन् । उनले टर्न गर्न अनुमति दिएपछि जहाज त्यही बेला सेती खोँचमा खस्न पुग्छ । जहाज टर्न नगरी अगाडी खेतमा जोतिएको भए पनि आधा जति यात्रु बाँच्न सक्ने आँकलन पनि गरिएको छ ।

जहाज दुर्घटनामा पर्न १४ सेकेन्ड मात्रै बाँकी छँदा पाइलट कमल केसीले कमान्ड हातमा लिएका थिए । तर त्यो बेलासम्म ढीलो भइसकेको थियो । जहाज सेती खोँचमा खस्नु अघि ककपिटमा अटोमेटिक सिस्टमले देखाउनु पर्ने जति सबै खाले वार्निङ देखाइ सकेको थियो ।

माघ १ गते बिहान १० बजेर ३२ मिनेटमा काठमाडौंबाट उडेको जहाज पोखरा पुग्नु अघिसम्म दुई पाइलटबीच भएका कुराकानी पनि अव्यवसायिक प्रकृतिका रहेको बुझिएको छ । उनीहरुले काम–तलब–पैसा आदिबारे गफगाफमा बढी समय खर्चेका थिए ।

Categorized in अपराध-दुर्घटना