STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पोखरा महानगरले हटायो आफ्नै भवनको अण्डरग्राउण्ड

Janjati Khabar – Janjati Khabar | २०७९ आश्विन १३, बिहिबार

 

काठमाडौं - पोखरा महानगरपालिकाले आफ्नै कार्यालयबाट भूमिगत पार्किङ प्रयोग सुरु गरेको छ ।

यसअघि अन्य प्रयोजनमा प्रयोग भइरहेको सिर्जनाचोक स्थित आफ्नो स्वामित्वमा रहेको भवनको अण्डग्राउण्ड खाली गरेर पार्किङका लागि खुला गरेको हो । पोखराले नगर क्षेत्रभित्र भूमिगत पार्किङ राख्ने सहमतिका साथ सहुलियत लिएकाहरुको भुमिगत तला खाली गर्ने अभियान थालेको छ ।

कतिपय भवनहरूले प्रयोजन विपरीत प्रयोग गरिरहेको भेटिएको छ । त्यसका लागि महानगरले भदौ १३ गते पोखरामा रहेका भूमिगत पार्किङ स्थलहरूलाई पार्किङ प्रयोजन मै प्रयोग गर्न ३५ दिने सूचना जारी गरेको थियो । सूचनाको म्याद अझ केही दिन बाँकी छ । तर, व्यवसायीहरुले पार्किङ हटाएका छैनन् ।

मेयर धनराज आचार्यले सूचनाको म्याद सकिएपछि भुमिगत तला खाली गर्न आफै जाने बताए । ‘यो एउटा शुभारम्भ हो । पोखरामा जति पनि भूमिगत पार्किङ सहित निर्माण गरिएका घरहरू छन्, घर धनीहरूले यसलाई खाली गरेर पार्किङ कै लागी प्रयोग गर्नका लागि म अनुरोध गर्न चाहन्छु’ उनले भने, ‘सांकेतिक अभियान सबै नगरबासीले बुझिदिनुहोला ।’

पोखरा महानगरपालिका भित्र २ सय ५० बढी भवनमा भूमिगत पार्किङ स्थलहरू छन् । तर ति पार्किङ स्थल व्यापार र अन्य प्रयोजनमा प्रयोग भैरहेको छ ।

Categorized in राष्ट्रिय