STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पेट्रोलियम पदार्थमा फेरि मूल्य वृद्धि, पेट्रोल १८० प्रतिलिटर

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ ८, आइतबार

काठमाडौं - सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आइतबार नेपाल आयल निगमले विज्ञप्ति जारी गर्दै आइतबार राति १२ पछि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरिएको छ ।

केही दिनअघि १७० रुपैयाँ पुर्याइएको पेट्रोलको भाउ अब १८० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको भाउ १६३ रुपैयाँ पुर्याइएको छ ।

ह्वाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर १६६ रुपैयाँ बढाइएको छ भने ह्वाई इन्धन (बाह्य) तर्फ १.५४५ यूएस डलर पुर्याइएको छ । यस्तै, एलपी ग्याँस प्रतिसिलिण्डर १ हजार ८ सय रुपैयाँ पुर्याइएको छ ।

Categorized in बिजनेस