STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध राँके जुलुस

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण २१, शनिबार

काठमाडौं - राप्रपा नेपाल समर्थित विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोधमा काठमाडौंमा शनिबार साँझ राँके जुलुस प्रदर्शन गरेको छ ।

पार्टी कार्यालय धुम्बाराहीबाट निकालिएको जुलुस चाबहिलको पुल पुगेर कोणसभामा परिणत भएको थियो । बढेको मूल्य तत्काल फिर्ता हुनुपर्ने ,भ्रष्टाचारको अन्त्य हुनुपर्ने, हिन्दूराष्ट्र कायम हुनुपर्ने जस्ता नारा लगाउँदै जुलुस प्रदर्शन गरिएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै विद्यार्थी संगठनका अध्यक्ष कमल बमले सरकार भ्रष्टाचारमा लिप्त भएको र जनताको ढाड सेक्ने मूल्य वृद्धिलाई भने निरन्तर जारी राखेको भन्दै चर्को आलोचना गरेका थिए ।

Categorized in राजनीति