STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पूर्व मेयर शाक्य विश्व नेवाः संगठनद्वारा सम्मानित

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ १८, शनिबार

नेपाल भाषा, संस्कृति र साहित्यको उत्थानमा अतुलनीय योगदान पुर्‍याएको उल्लेख गर्दै काठमाडौं महानगरपालिका निर्वतमान मेयर विद्यासुन्दर शाक्यलाई सम्मान गरेको छ । वल्ड नेवाः अर्गनाईजेशन अर्थात् विश्व नेवाः संगठन नेपाल च्याप्टरले शुक्रबार राजधानीमा आयोजित नेवाः पहिचान र विविध आयाम विषयक राष्ट्रिय गोष्ठीमा काठमाडौं महानगरपालिका का पूर्व मेयर  विद्या सुन्दर  शाक्य सम्मानित हुनु भएको छ।

प्रमूख अतिथी संघीय मामिला तथा सामान्य प्रशासन राजेन्द्र श्रेष्ठले दोसल्ला ओढाई शाक्यलाई सम्मानपत्र प्रदान गर्नु भएको थियो । यस अघि नेपाल च्याप्टरका अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले शाक्यलाई फुलमाला लगाई दिनु भएको थियो । समारोहमा मन्त्री श्रेष्ठले मातृभाषाको माध्यमबाट पठाउने पाउने कानूनी सुनिश्चितताको लागि सदनमा आफूले लडेको उल्लेख गर्दै सोही कानून प्रावधानलाई समेत शाक्यले नै मेयर हुँदा मुलुकमै पहिलो पटक महानगरपालिकाले ‘येँ देय् म्हसिके’ (काठमाडौं चिनौं) स्थानीय पाठ्यक्रम बनाएर नेपाल भाषाको माध्यमबाट सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा १ देखि ८ सम्म पठनपाठन गराउन कार्यको शुरुआत गरेको बताउनु भयाे ।

महानगरपालिकाको सो कार्यलाई हेरेर विभिन्न स्थानीय तहले आफ्नो क्षेत्रमा बाहुल्य रहेको स्थानीय भाषाबाट स्थानीय पाठयक्रम बनाएर पढाउने कार्य शुरु गरेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले पहिचान, भाषा, संस्कृति नै राष्ट्रियता भावना वृद्धि गर्ने महत्वपूर्ण आयाम रहेको पनि धारणा राखे । मन्त्री श्रेष्ठले शाक्य मेयर छँदा संस्कृति सम्पदा जोगाउन गरेको कामको खुलेर प्रशंसा गरे । सोही अवसरमा नेपाल भाषाको आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याएका नागरिक अभियन्ता शाक्य सुरेन (सुरेन्द्रमान शाक्य) लाई पनि सम्मान गरिएको थियो ।

महानगरपालिकाको अहिलेको जनप्रतिनिधिले राम्रो काम गर्न चाहेमा आफू विरोध नभई सहजीकरण तयार रहेको कुरा समारोहमा सम्मानित व्यक्तित्व शाक्यले बताउनु भयो।शाक्यले दुई वर्षअघि आफ्नै कार्यकाल बोलपत्र आहवान गरे अनुरुप दुईवटा दमकल एक महिनाभित्र महानगरपालिकामा आइपुग्ने पनि बताउनु भयाे । सो अवसरमा नेपाल च्याप्टरका अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले भाषा, संस्कृतिको लागि अहिलेसम्म भएका आन्दोलनको मर्मको दृष्टिमा शाक्यको पाँच वर्षको कार्यकाल उदाहरणीय र पुस्तौंसम्म सम्झिरहने विश्वास व्यक्त गरे ।

वल्ड नेवाः अर्गनाईजेशन नेपाः च्याप्टरका रमेश मुनिकारले स्वागत गरेको सो अवसरमा नेवाः पत्रकार राष्ट्रिय पत्रकार दबूका वरिष्ठ उपाध्यक्ष नृपेन्द्र लाल श्रेष्ठ , अायोजक संगठनका पूर्व अध्यक्ष पुष्कर माथेमा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो भने प्रा डा मिलन शाक्यले संस्कृति विषयमा प्रस्तुति राख्नु भयो ।

Categorized in उपत्यका