STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पूर्व मिस् नेवाः सहित चार जनालाई ‘नइ पुरस्कार’

Janjati Khabar – विजयरत्न असंबरे | २०८० फाल्गुण ११, शुक्रबार

नेपालको वाङमय क्षेत्रको प्राज्ञिक संस्था  नइ प्रकाशनले चार जना प्रतिभाशाली व्षक्तित्वहरूलाई २०७९ सालको ‘नइ पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको कुरा एक विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले जानकारी गराए अनुसार जनचेतनाको संवर्द्दनका लागि नेपाली भाषाका माध्यमबाट अभिनय, नाटक, सिर्जना र हास्यव्यङ्ग्यका क्षेत्रमा विशिष्ट योगदान दिएबापत  शैलेन्द्र सिम्खडालाई साठी हजार रुपियाँ राशिको ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ प्रदान गरिने भएको छ ।

त्यसै गरी राजधानीबाहिर बसेर नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि योगदान पुर्याएबापत झापाका श्रीमती रीमा पाण्डे ‘मिनी’लाई पचास हजार रुपियाँ राशिको ‘नइ बुलु शर्मा पुरस्कार’ समर्पण गरिने भएको छ ।

प्राध्यापन, अनुसन्धान तथा सिर्जनाद्वारा नेपाली भाषासाहित्यको विकासमा प्रशंसनीय कार्य गरेबापत डा.साधना प्रतीक्षालाई पचास हजार रुपियाँ राशिको ‘नइ देरुनीख गौरव पुरस्कार’ समर्पण गरिने भएको छ ।

समाजसेवाका फाँटमा समर्पित एवम् साहित्य, कला र संस्कृतिको संवर्धन हेतु क्रियाशील पूर्व मिस नेवाः सुश्री नितु डङ्गोललाई पच्चिस हजार रुपियाँ राशिको ‘नइ देरुनीख पौैरख पुरस्कार’ समर्पण गरिने भएको छ ।

नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको कुरा विज्ञप्तिमा जनाइएको छ ।

Categorized in साहित्य-कला