STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पूर्वी अफगानिस्तानमा आक्रमण, एक प्रहरीको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २५, सोमबार

अफगानिस्ताको पूर्वी शहर जलालाबादमा सोमबार भएको एक बम आक्रमणमा परी कम्तीमा एक प्रहरीको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका छन् । प्रान्तीय महिला विभाग नजिकै गुडिरहेको एक भ्यान विस्फोटक पदार्थसँग ठोक्किँदा सो घटाना भएको थियो । प्रान्तीय महिला विभाग र आरियाना विश्वविद्यालय नजिकैको स्थानमा पर्ने उक्त इलाकामा भएको यो विस्फोटन स्थानीय समय अनुसार सोमबार बिहान ६ः४६ मा भएको थियो । सो घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । घाइतेहरुमा छ जना सर्वसाधारण रहेका र ती सबैलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । प्रहरीका अनुसार शान्तिको दुश्मन तालिबान लडाकू समूहले नै यो कार्य गराएको हो । सन् २००१ मा आफूहरु सत्ताबाट बाहिरिएपछि सशस्त्र आतङ्कमा लागेका तालिबान लडाकू समूहले यो कार्य गराएको प्रहरीले दाबी रहेको छ । तालिबान आतङ्ककारी समूहले सोही बेलादेखि सरकारी सुरक्षा अधिकारीहरु र सर्वसाधारणलाई आक्रमण गर्दै आएको छ । जलालाबाद शहरमा गत हप्ता मात्र भएको शृङ्खलाबद्ध बम आक्रमणमा चार व्यक्तिको मृत्यु भएको थियो । त्यसमा परी एक २२ वर्षीया महिला र दुई ट्राफिक प्रहरी अधिकारी रहेका थिए ।
Categorized in अन्तर्राष्ट्रिय