STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नीको कोरोना संक्रमणबाट निधन

Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक १९, बुधबार

काठमाडौं – पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ ।

काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान ६ः२५ बजे उनको निधन भएको हो ।

गएको दशैंमा पुर्ख्याैली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । शरीरमा अक्सिजनको मात्रा एक्कासी घटेपछि र निमोनिया पनि देखिएपछि उनलाई १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

नर्भिक अस्पतालमा पीसीआर टेष्ट गर्दा उनमा कोरोना पोजेटिभसमेत देखिएको थियो । १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

सीता महरा २०१८ साउन १३ गते शुक्रबार बुवा मुक्तबहादुर थापा र आमा खिर्मादेवी थापाको कोखबाट रोल्पाको गजुल धौलेगाउँमा पहिलो सन्तानको रुपमा जन्मिएकी थिइन् । सीता माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित थिइन्।

कृष्णबहादुर महरासँगै २०३५ सालमा विवाह भएको थियो। उनका दुई छोरा र दुई छोरी रहेका छन्।

Categorized in व्यक्तित्व