Swonti ADV Yen Mahanagarpalika Header
janswastha 11 11 78

पुष्पकमल दाहालकाे गोरखाबाट सहज जित

Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर ८, बिहिबार

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखाबाट सजिलो जित हात पारेका छन् । गोरखा क्षेत्र नं २ बाट उम्मेदवारी दिएका उनले कुल २६ हजार १०३ मत पाएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीलाई ११ हजार ४६६ मतान्तरले पराजित गरेका हुन् ।

उता राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्रले १२ हजार ६३७ मत ल्याएका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार अब्दुससलाम मियाले ७ हजार ३९३ मत ल्याए । यस्तै राप्रपाका सुशील पन्तले १ हजार ८१३ मत मात्र ल्याए ।

Categorized in राजनीति
STC 810x100 adv